दफा २८०
जालसाजी लिखत सद्दे सरह व्यवहारमा ल्याउन नहुने

(१) कसैले जालसाजी लिखत हो भन्ने थाहा पाई वा थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो लिखत सद्दे सरह व्यवहारमाल्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जालसाजी गरे सरहको सजाय हुनेछ ।